काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार रुपन्देही र कपिलवस्तुमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्रोतका अनुसार १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण देखिएको हो । संक्रमित सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्ति हुन् ।
रुपन्देहीको बेलहिया नाकाबाट प्रदेश सरकारकै समन्वयमा आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिएको स्रोतको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक जानकारी दिइसकेको छैन ।








