नेपालमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन अन्तर्गत बुधबार गराइएको जानकारी अनुसार नयाँ संक्रमित ३ देखि ४८ वर्ष उमेरका छन्।
पछिल्लोपटक थपिएकामा बाँकेमा ६ जनामा छन् । बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।
बुधबार विहान कपिलवस्तुमा १३ जना र मंगलबार बेलुका धनकुटामा ५ जना कोरोना संक्रमित भेटिएका थिए ।
यससगै सङ्क्रमितको संख्या ४ सय २८ पुगेको छ ।








