भयावह बन्दै काठमाडौं उपत्यकाको अवस्था, जिम्मेवार को ?



काठमाडौं । विश्व महामारी कोरोनाविरुद्ध सुक्ष्म सावधानी नअपनाएको खण्डमा उपत्यकाको स्थिति भयावह बन्न सक्ने औंल्याइएको छ ।

संक्रमित संख्या प्रतिदिन बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई ‘नाका सिल गर्न’ आग्रह गर्ने तयारीसमेत थालेको छ ।

उपत्यकामा लुकिछिपी आवतजावत अझै नरोकिएपछि अवस्था भयावह हुन नदिन सबै नाका सिल गर्नुपर्ने निष्कर्षमा महानगर पुगेको छ ।

काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मंगलबार बसेको बैठकले ‘उपत्यकाको अवस्था भयावह हुनसक्ने’ औंल्याउँदै ‘नाका सिल गर्न गृह मन्त्रालय र जिल्ल प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको हो ।यो समाचार आजको राजधानी दैनिकमा खबर छ।

प्रकाशित मिति : जेष्ठ ८, २०७७ बिहीबार  २ : ५९ बजे