नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्रको अवसरमा देश विदेशमा रहेका सम्पुर्ण दिदिबहिनी दाजुभाइहरुलाई शुभकामना व्यक्त गरेका छन् ।
महामन्त्री कोइरालाले शुभकामना व्व्यक्त गर्दै विश्वव्यापी महामारी कोरोना भाइरस कोबिड १९ का कारण मानव जातिले नैं त्रासदीपूर्ण संकट झेलिरहेको अवस्थामा उच्च मनोबलका साथ सुरक्षित रहन अनुरोध गरेका छन् ।
उनले ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्रको शुभ अवसरमा नेपालभित्र र संसारभरि रहनुभएका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाईहरुमा आत्मसंयम र शुद्धि प्राप्त भई सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना ब्यक्त गरेका छन् ।









