नेपाली भूमि फिर्ता लिन माग गर्दै डा . गोबिन्द केसीले गरे सत्याग्रहको घोषणा



भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरू गर्न माग गर्दै डाक्टर गोविन्द केसीले जेठ २० गतेदेखि दुई दिन सत्याग्रह गर्ने गरेका छन्।

सोमबार विज्ञप्ति निकालेर केसीले सत्याग्रह गर्ने घोषणा गरेका हुन्।

नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरू गर्न माग गर्दै हामीले यही जेठ २० गतेदेखि दुई दिने सत्याग्रह गर्ने घोषणा गर्दर्छौं,’डा । केसिको बिज्ञप्तिमा भनिएको छ ।

राष्ट्रवादको बहकिएको बहसलाई सही ठाउँमा ल्याउन र भारतबाट मिचिएका भूमि फिर्ता गर्ने प्रक्रिया सुरू गर्न सत्याग्रह घोषणा गरेको उनले उल्लेख गरेका छन्।

प्रकाशित मिति : जेष्ठ १२, २०७७ सोमबार  ८ : ३२ बजे