कांग्रेस नेता प्रकाशमान सिंहले देशमा लोकतन्त्र र जनताका हकअधिकारसहित जनताको बलिदानबाट प्राप्त परिवर्तनका उपलब्धीमाथि अहिले पनि विभिन्न कोणबाट प्रहार शुरू भएको बताएका छन ।
नेपाल प्रेस युनियन २९ औं वर्ष प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिदै नेता सिंहले परिवर्तनका उपलब्धीमाथि खतरा बढी रहेकोअहिलेको अवस्थाआमाअ नेपाल प्रेस युनियनको भूमिका थप बढेको र इतिहासमा जस्तै आफ्नो ऐतिहासिक भूमिका निर्वाह गर्न सक्ने सक्षम प्रेस युनियन अहिले आवश्यकता औल्याएका हुन्
नेता सिंहले नेपाली भूमि रक्षाको पक्षमा देश एकढिक्का भएका बेला राष्ट्रिय एकतालाई बलियो बनाउन पनि उनले अपिल गरेका छन् ।सबैखाले जटिलतालाई नेपालीहरुको एकता र सहकार्यमा मात्रै परास्त गर्न सकिन्छ भन्ने कुराको हेक्का राखेर अघि बढ्न पनि उनले अपिल गरेका छन् ।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ठोस कार्यक्रम ल्याउन पनिसरकारसँग आग्रह गरेका छन् ।कोरोनाको विपत्तिमा जनअपेक्षा अनुरुपका कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउँदै नेता सिंहले स्वदेश तथा विदेशमा रहेका प्रत्येक नागरिकलाई सरकार अभिभावक हो भन्ने वोध हुने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।








