कांग्रेस सांसद राजन केसीले आरडिटी परीक्षणले आतकिंत पार्ने कार्य गरेको बताएका छन्। आजको प्रतिनिधिसभा बैठकमा बोल्दै केसिले आरडिटी गलत प्रविधिले भ्रम सिर्जना गरेको दाबी गरेका हुन । । ‘स्वास्थ्यमन्त्री आरडिटी किट किनेर जनतालाई अलमलमा राख्ने काम भएको छ, जनतालाई आतंकित पार्ने किन हुदैछ ?’उनले भने।
आफ्नो क्षेत्रमा भएको आरडिटी परीक्षणका बारेमा तथ्य प्रष्टाउँदै उनले ५६ जना संक्रमित फेला परेको बताए। पाँच दिन क्वारेनटाइनमा बसेपछि उनीहरुको पिसिआरमा पोजिटिभ नदेखिएको बताए।
सांसद केसीले आरडीटी विधिबाट हुने परीक्षण रोक्न समेत माग गरे । उनले विश्व स्वास्थ्य संगठनले समेत मान्यता नदिएको आरडीटी परीक्षणमा जनतालाई किन अलमल पार्नुहुन्छ ? भनी प्रश्न गरे ।
“चन्द्रागिरीमा ५६ जनामा आरडीटी पोजेटिभ देखियो ५ दिनपछि पीसीआरमा केही पनि देखिएन । आरडीटी लगत प्रविधि हो । डब्ल्यूएचओले पनि यसलाई मान्यता दिएको छैन । नेपाल हेल्थ रिसर्चले पनि गरेको छैन,” उनले भने, “फेरि स्वास्थ्यमन्त्रीले आरडीटी किनेर जनतालाई किन अलमलमा पार्नुहुन्छ ? पीसीआर नै यसको अन्तिम विकल्प हो ।
आरडिटी सिफारिस गर्नेप्रति नै उनले असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘उनीहरु पाँच दिनसम्म कति तनावमा भए र आतंक फैलियो। यो कार्य किन गरियो ? स्वास्थ्यमन्त्रीबाट जवाफ चाहियो।








