अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतबीच देखिएको सीमा विवादको समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको बताएका छन्।
पछिल्लो समय भारत र चिनबिच सिमानामा तनाब बढी रहेको बेला ट्वीटर मार्फट राष्ट्रपति ट्रम्पले यस्तो जानकारी गराएका हुन ।
भारत र चिन बिचको बिबादका बारेमा अमेरिकाले मध्यस्थता गर्न चाहेको दुबै देशलाई जानकारी गराइसकेको पनि ट्रम्पले बताएका गराएका छन ।
पछिल्लो समय लद्दाखको सिमा क्षेत्रमा भारत र चिन दुबै देशका सेना आमने- सामने भएका छन ।
लाइन अफ कन्ट्रोलनजिकै दुबै देशले सैनिकको सङ्ख्या बढाउदै लगेका छन ।
भारतिय सञ्चारमाध्यमहरुले उक्त क्षेत्रमा युद्द भड्किन सक्ने आशङ्का जनाइरहेका छन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो मात्रै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल, रक्षा प्रमुख विपित रावतसहित स्थल, जल र हवाई गरी तीनैवटा सेनाका प्रमुखहरुसँग भेटेका छन् ।
उक्त भेटघाटमा सिमामा बढिरहेको तनाब र सम्भावित चुनौतीबारे छलफल गरेको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
https://twitter.com/realDonaldTrump/status/1265604027678670848?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1265604027678670848%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fpublish.twitter.com%2F%3Fquery%3Dhttps3A2F2Ftwitter.com2FrealDonaldTrump2Fstatus2F1265604027678670848widget%3DTweet










