मेलम्ची आयोजनाका लागि ५ अर्ब ४० करोड बजेट



सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ५ अर्ब ४० करोड बजेट छुट्याएको छ । संसदमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा । युवराज खतिवडाले मेलम्चीका लागि पाँच अर्ब ४० करोड अर्ब बजेट विनियोजन भएको जानकारी दिए।

उनले चालु आर्थिक वर्षभित्रै काम सकेर आगामी वर्षको सुरुवातमै काठमाडौंमा पानी वितरण थाल्ने घोषण पनि गरेका छन्।

२०६४ सालमै सक्ने गरी थालिएको मेलम्चीको म्याद पटक-पटक थपिँदै आएको छ ।

प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहिबार  १२ : ३८ बजे