कोरोना संक्रमणबाट नेपालमा छैटौँ व्यक्तिको मृत्यु



भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै नेपालामाअ कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

गत जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका -९ का एक मृत्यु भएको थियो ।

भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबार मात्रै ‍औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ ।

प्रकाशित मिति : जेष्ठ १६, २०७७ शुक्रबार  ११ : ०७ बजे