कोरोना भाइरस संक्रमणको जोखिममा रहेका झण्डै १ लाख जना हाल क्वारेन्टिनमा राखिएका छन् ।
कोरोना जोखिम क्षेत्रबाट आएका ९९ हजार ३ सय ३६ जना देशका विभिन्न ठाउँको क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ संक्रमित बढेर अस्पताल भरिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको स्थिति हेरेर अस्पतालमा राख्ने या होम क्वारेन्टाइनमा राख्ने निक्र्यौल गर्ने गरी तयारी थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा । विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा अब झन् सतर्क हुनुपर्ने बेला आएको बताए । उनले संक्रमितको अवस्था हेरेर अस्पतालमा कसरी राख्ने भन्ने व्यवस्था हुने बताए । उनले होम क्वारेन्टाइनमै पनि संक्रमित बस्नुपर्ने अवस्था आउनसक्ने भन्दै तयार रहन भने ।
देशमा कुल संख्या १२१२ पुगिसकेको छ । संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।








