जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय



सरकारले जेठ ३२ सम्म लकडाउन लम्बाउने निर्णय गरेको छ। शनिबार बसेको मन्त्रिपरषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका डा युवराज खतिवडाले जानकारी दिए।। यसैगरी, सरकारले असार १३ गतेसम्म हवाई सेवा बन्द गर्ने समेत निर्णय गरेको छ ।

यसअघि सरकारले जेठ २० सम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो। सरकारले सुरुमा चैत ११ गतेदेखि लागू हुने गरी घोषणा गरेको लकडाउन पटकपटक गरी थप्दै आएको छ।

तेस्तै मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : जेष्ठ १७, २०७७ शनिबार  ३ : ४६ बजे