नेपाली कांग्रेसको केन्द्रीय समितिको आज बसेको बैठकले परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदिय दललाई निर्देशन दिने निर्णय गरेको छ ।
आज पार्टी कार्यलय सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय सदस्य गगन थापाले बैठक लगत्तै ट्विटर मार्फत जानकारी गराउदै भनेका छन -“ल बैठक सकियो , परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन” ।
बैठकले नेपालको भूमि फिर्ता गर्न भारतसँग उच्चस्तरीय राजनीतिक तथा कुटनीतिक पहल गर्नुपर्नेमा पनि जोड दिएको छ ।
त्यस्तै बिदेशमा रहेका नेपालीको अविलम्व उद्धार गर्न पनि काँग्रेसले माग गरेको छ ।
यसअघी संविधान संशोधनको प्रस्तावको कार्यसूची कांग्रेसका कारण हटेको नेकपाका नेताहरुले आरोप लगाएका थिए ।
सरकारले संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गरिसकेको छ।








