कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले राष्ट्रको सवालमा कांग्रेसले फण्डा नगर्ने बताएका छन ।
हिजो बसेको नेपाली कांग्रेस केन्द्रिय समिती बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेपछी प्रतिक्रीया दिदै नेता पौडेलले यस्तो बताएका हुन ।
पौडेलले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा सदर गर्न नेपाली कांग्रेसको सिङ्गो केन्द्रीय समितिले सहमति दिएको उल्लेख गरेका छन ।
उनले बल अब प्रधानमन्त्रीको कोर्टमा रहेको धारणा राख्दै राष्ट्रको सवालमा खेलवाड नगरियोस् भन्दै सरकारलाई सचेत गराएका छन ।
नेपाली कांग्रेसको हिजो बसेको केन्द्रीय समितिको बैठकले परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदिय दललाई निर्देशन दिने निर्णय गरेको थियो ।
यसअघी संविधान संशोधनको प्रस्तावको कार्यसूची कांग्रेसका कारण हटेको नेकपाका नेताहरुले आरोप लगाएपछी कांग्रेस नेताहरुले त्यसको चर्को प्रतिबाद गर्दै संविधान संशोधनको बारेका कांग्रेसले केन्द्रिय समितिबाट संस्थागत निर्णय गर्ने बताएका थिए ।








