नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।








