थप २८८ जनामा कोरोनाको संक्रमण पुष्टी



थप २८८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह गराएको अपडेटअनुसार थप २८८ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

उनीहरुमध्ये २७० जना पुरुष र १८ जना महिला छन् ।

यो सँगै कुल संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ ।

अहिलेसम्म ६१ जिल्लामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ २०, २०७७ मंगलबार  १ : ५७ बजे