थप २८८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह गराएको अपडेटअनुसार थप २८८ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
उनीहरुमध्ये २७० जना पुरुष र १८ जना महिला छन् ।
यो सँगै कुल संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ ।
अहिलेसम्म ६१ जिल्लामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले जानकारी दिए ।








