नेपाली कांग्रेसले जेठ २५ भित्र कर तिर्न निर्धारित समयावधिको ताकेता तत्काल फिर्ता गरी समयावधि थप गर्न सरकार समक्ष माग गरेको छ ।कांग्रेस शभापती शेर बहादुर देउबाले बिज्ञप्ती जारी गर्दै समयावधि थप गर्न सरकार समक्ष माग गरेका हुन ।
“जेठ २५ भित्र विभिन्न कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञाको विकल्प छैन । ताकेता फिर्ता लेऊ, समयावधि थप गर सरकार,” सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।साना—ठुला ब्यवसायीले लक डाउनका कारण भोगिरहेका चुनौतीलाई नजरअन्दाज गरेर आन्तरिक राजस्व विभाग मार्फत नेपाल सरकारले जेठ २५ भित्र विभिन्न कर चुक्ता गर्न गरेको ताकेताप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको र ब्यवसायिहरुले भोग्नु परेको ब्यवसायिक जटिलतालाई सहजीकरण गर्न आवश्यक नीति निर्माण गर्ने र राहतको विविध योजना ल्याउने दायित्व निर्बाह गर्न सरकार चुकेको पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिपक्षको पटकपटकको आग्रहका बावजुद राहतको न्यायोचित प्रबन्ध गर्न सरकार विलकुल गम्भीर नभएको पनि कांग्रेसको निष्कर्शा छ । लक डाउन भएको अढाई महिना पुग्न लागेको र हाल जेठ ३२ सम्म कायमै रहेको स्थितिका विच कर तिर्न ताकेता गर्नु भनेको नागरिकको पिडाप्रति सरकार असंवेदनशील बन्नु हो , बिज्ञप्तिमा भनिएको छ ।









