स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी : मन्त्रिपरिषदमा प्रस्ताव लगिँदै



सरकारले देशमा स्वास्थ्य संकटकाल घोषणाको तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ ।

पछिल्लो समय कोरोनाको संक्रमितहरु ह्वात्तै बढेको तर अस्पतालको बेड, क्वारेन्टिनको क्षमता, लजिस्टिक र जनशक्ति नपुग्ने भएकाले मन्त्रालयले संकटकाल लगाउनेगरि प्रस्ताव लैजान लागेको हो ।

मन्त्रालय स्राृेतकाअनुसार आज बसेको बैठकले नै संक्रामक रोग ऐन २०२० अन्तर्गत् स्वास्थ्य संकलटकालको घोषणा गर्न प्रस्ताव गरिएको छ ।

आजमात्रै पनि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले एक महिनाभित्र संक्रमित संख्या १५ हजार पुग्ने आँकलन गरेका छन् । उनले भनेका थिए,‘संक्रमित संख्या दुई हजार नाघिसक्यो। अब एक महिनाको बीचमा यो १० देखि १५ हजार पुग्न सक्छ।

प्रकाशित मिति : जेष्ठ २१, २०७७ बुधबार  २ : ०६ बजे