नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ९



नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोलखाका ७६ पुरुषको कोरोनाका कारण निधन भएसँगै मृतकको संख्या ९ पुगेको हो ।

जेठ १३ गते काठमाडौं मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका उनको १५ गते स्वाव संकलन गरिएको थियो ।

परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएसँगै थप उपचारका लागि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

आइसियुमा उपचाररत उनको निधन भएको मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले बताउनुभयो ।

प्रकाशित मिति : जेष्ठ २१, २०७७ बुधबार  २ : ०९ बजे