नेपालमा थप ३१४ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टी



नेपालमा थप ३१४ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा ३१४ कोरोना भाइरस संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्‍वर गौतमले ब ताए ।नयाँ कोरोना संक्रमितमध्ये २९४ पुरुष रहेका छन् भने २० महिला रहेका छन् ।

कुल कोरोना संक्रमतिको संख्या ३ हजार ७६२ पुगेको उनले बताए ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

प्रकाशित मिति : जेष्ठ २६, २०७७ सोमबार  १० : ५० बजे