गए राती रुपन्देहीमा ५ जनाको सामुहिक हत्या



बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवा गाउँका कुखुरा फर्ममा काम गर्ने ५ जनाको मजदुर गए राति हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएस्पी खड्क बहादुर खत्रीले हत्याको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्। उनले हत्या किन कसरी भएको भन्नै विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

घटनास्थलमै चार जनाको मृत्यु भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् ।

प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार  २ : ०७ बजे