ललितपुरमा एक जना युवक मृत भेटिए



ललितपुर । ललितपुरमा एक जना युवक मृत भेटिएका छन् । जिल्लाको गोदावरी नगरपालिका, टौखेलमा फ्रेस हाउस सञ्चालन गरिरहेका २५ वर्षीय अमित शाही मृत भेटिएका हुन् ।

गएराति २ बजे गम्भिर अवस्था भएकै वेला खबर पाएपछि प्रहरी परिचालित भएको थियो । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

हाल अपराधस्थलमा रहेका ललितपुर प्रहरीका एसपी तुलबहादुर कार्कीले घटनास्थलबाट मासु काट्ने हतियार बरामद गरिएको बताए । मृतकको घाँटी र हातमा चोट छ । त्यो चोट बरामद हतियारकै हो÷होइन भन्ने परीक्षणपछि मात्रै खुल्ने प्रहरी अधिकृतहरु बताउँछन् ।

शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ । हालसम्म घटनामा कोही पनि पक्राउ परेका छैनन् ।

प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार  ३ : २६ बजे