सरकारी चेतावनिको बेवास्ता गर्दै शुक्रबार पनि सरकारविरूद्ध युबाहरुले गरे ठाउँ-ठाउँमा प्रदर्शन



सरकारबिरुद्द युबाहरुले थालेको नागरिक बिरोध प्रदर्शनले आज पनि निरन्तरता पएको छ ।आज भक्तपुर, बसन्तपुर, कीर्तिपुर, चन्द्रागिरी लगायत उपत्यका भित्रका बिभिन्न ठाउहरुमा र उपत्यकाबाहिर बुटवल, धनगढी, बनेपा, तनहुँ, पाल्पा, दाङ, हेटौंडा लगायतका ठाउहरुमा युबाहरुले सराकार बिरुद्द प्रदर्शन जारी राखे ।

कोरोना संक्रमणको रोकथाममा सरकार निष्प्रभावी भएको र देशमा भ्रष्टाचार मौलाएको भन्दै युवाहरुले देशैभरी प्रदर्शन गरी रहेका छन ।लकडाउनको बेला प्रदर्शन गर्नेलाई ६ सयदेखि ६ महिनासम्म जेल हाल्ने सरकारको चेतावनिलाई बेवास्ता गर्दै उनिहरुले प्रदर्शन जारी राखेका हुन । उपत्यकाबाहिर बुटवलमा आज ठुलो सङ्ख्यामा युबाहरु प्रदर्शनमा उत्रेका थिए ।

आन्दोलनको कुनै राजनितिक माग नभएको र आन्दोलन बिशुद्द सरकारलाई सचेत गराउने उद्देश्यले गरिएको प्रदर्शनमा सहभागिहरुले बताएका छन । उनिहरुले प्रदर्शन जारी रहने पनि उद्घोष गरेका छन ।प्रदर्शनकारिहरुले पीसीआर टेस्टको दायरा बढाउनुपर्ने, क्वारेन्टिनको गुणस्तर सुधार गर्नुपर्ने , कोरोना नियन्त्रणमा खर्च गरिएको भनिएको १० अर्ब को हिसाब पारदर्शी गर्नुपर्ने लगायतका माग गरेका छन ।

कोरोनाले निम्त्याएको सङ्कटप्रती सरकारले देखाएको उदासिनता प्रधानमन्त्री ओलिको संबेदनहिन प्रस्तुती र जनतालाई लकडाउनमा राखेर राजनितिक जोड घाटाउ र टुट्फुटमा अल्मलिएको सरकारप्रती जागेको अशन्तुष्टी युबाहरुले सडकमा पोख्न थालेका हुन ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७७ शुक्रबार  ११ : २० बजे