संविधान संशोधनको पक्षमा मतदान गर्ने जनता समाजवादी पार्टीको निर्णय



जनता समाजवादी पार्टीले संसदमा पेश भएको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

पार्टीको दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहित शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपालको नयाँ नक्सा निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताए ।

समाजवादी पार्टीले संविधान संशोधनको विषयमा सदस्यहरूलाई ह्विप जारी गर्ने तयारी गरेको छ।

त्यसका लागि पार्टीले शनिबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक समेत बिलाएको छ ।

प्रतिपक्षी कांग्रेसको केन्द्रिय समिती बैठकले यस अघी नै संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णरी गरिसकेको छ ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७७ शुक्रबार  १२ : ०७ बजे