सरकार बिरुद्द आजपनि माइतिघरमा प्रदर्शन



सरकारको विरोधमा आज (शनिबार)पनी माईतीघरमा बिरोध प्रदर्शन भएको छ । दश अर्बको हिसब खोई ? भ्रष्ट ती नेताहरु भने चिल्लो गाडीमा, हामी युवाहरु भने सधैं साउदी अरबको खाडीमा, आखिर कहिलेसम्म ? इनफ ईज ईनफ लेखिएका ब्यानर सहित युबाहरुले प्रदर्शन गरिरहेका छन ।

प्रदर्शनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितका नयाँ अद्यावधिक नक्सासहितको ब्यानर लिएर युवाहरु उत्रिएका छन् भने उनिहरुले सरकारलाई धन्यबाद समेत दिएका छन ।माइतिघर क्षेत्रमा विहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालित छन् । माईतीघर आउने चारै दिशाका सडकको मुखमा प्रहरीहरु खटिएका छन् ।

प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार  ६ : १६ बजे