अनलाइन पढाइको शुल्क नलिन सरकारसग नेविसंघको माग



शिक्षामा देखिएका बेथिति र बिसंगतिको अन्त्य गर्न माग गर्दै नेपाल विद्यार्थी संघ नेविसंघले आइतबार बिहान  शिक्षामन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष राजिब ढुङ्गानाको नेतृत्वमा गएको पदाधिकारीहरुको एक प्रतिनिधीमण्डलले शिक्षा मन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाएको हो । नेपाल विद्यार्थी संघले विद्यालय नखुलुञ्जेलसम्म कुनै शुल्क नलिन र अनलाइन कक्षा सञ्चालनका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

अनलाइन, रेडियो, टिभी, पत्रपत्रिका तथा टेलिफोन जस्ता माध्यमबाट पठनपाठन गर्दा इन्टरनेट लगायतका सबै प्रविधिकको निःशुल्क व्यवस्था गर्नुपर्ने नेविसंघका अध्यक्षा ढुङ्गानाले बताए ।पुस्तक आयातमा लगाइको कर खारेज गर्नुपर्ने, सामुदायिक विद्याललका विद्यार्थीका लागि सम्बन्धित क्षेत्रमा पुस्तकको होम डेलिभरी गर्नुपर्ने उनले माग गरे ।

सरकारी बिधालयलाई क्वारिन्टिन बनाउने र निजिलाई पढाइ सञ्चालन गर्न दिने सरकारको निती गलत भएको महामन्त्री उर्मिला थापालियाले बताइन ।उनले बजेट मार्फत सरकारले घोषाणा गरेको सरकारी बिधालयको ब्यबस्थापन निजिलाई दिने कार्यक्रम आप्पत्तिजनक रहेकोले सरकारले त्यस बारेमा स्पष्ट पार्नुपर्ने माग गरिन ।

ज्ञापनपत्रमा कक्षा ११ को परीक्षा पनि नलिन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारसँग माग गरेको छ । नेविसंघले ११ को परीक्षा पनि एसईईको जस्तै आन्तरिक मूल्याङ्कन पद्दतिमार्फत टुङ्ग्याउन माग गरेको हो ।कक्षा १२ को परीक्षालाई भने राष्ट्रिय परीक्षाको मान्यता दिनु पर्ने माग गरिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए ।

प्रकाशित मिति : जेष्ठ ३२, २०७७ आईतबार  ८ : २२ बजे