कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले सिन्को भाँचेको देखिएन : नेपाली कांग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा केन्द्र सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको बताएको छ । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कोरोनाबारे अनुगमन गर्न गठन गरेको समितिका संयोजक सहमहामन्त्री प्रकाशशरण महतले केन्द्र सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका हुन् ।

‘मैले पूर्वदेखि पश्चिमसम्म सोधें- केन्द्र सरकारले सिन्को भाँचेको देखिएन,’ सहमहामन्त्री महतले भने, ‘बरू प्रदेशले पाँचरसात लाख पैसा दिएको रहेछ। केन्द्रले सिन्को भाँचेन, अझै दश अर्बको खर्च देखाउँछ। सरकारले चेतेको छैन।’

उनले कोरोना प्रभाव र नियन्त्रण तथा रोकथाममा भएका सबै कुराबारे आफूले अनुगमन गर्ने र पार्टीलाई प्रतिवेदन दिने पनि बताए।

‘देशैभर सघन अनुगमन गरेर पार्टीलाई रिपोर्टिङ पछि धारणा बनाएर सार्वजनिक गर्छौं,’ महतले भने, ‘सरकार सच्चिएर अगाडि बढेन भने सदन र सडकमा आवाज उठाउँछौं।’

प्रकाशित मिति : असार १, २०७७ सोमबार  ९ : ५७ बजे