राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले बजेट खर्च गर्न नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्ने टिप्पणी गरेका छन्। विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा भाग लिँदै बिडारीले असारमा बजेट पारित भइसके पनि साउनबाट फटाफाट काम नगर्ने मन्त्रीहरुले राजीनामा दिनुपर्ने टिप्पणी गरेका हुन्।
साउनबाटै काम सुरु गरी बजेट खर्च गर्न मन्त्रीहरुलाई केले छेक्योरु’ बिडारीले भने, ‘विकास निर्माणको बजेट ठिक समयमा खर्च होस भनेर असारमा बजेट पास हुन्छ। अनि साउनबाट फटाफट काम गरे हुने नि। मन्त्रीलाई काम गर्न केले छेक्योर?’
बिडारीले विगतका वर्षझैं यो वर्ष पनि बजेट खर्च गर्न नसकेमा मन्त्री हुनुको औचित्यमाथि प्रश्न उठाए। उनले भने, ुयो सरकारले यही पटकबाट समयमै काम गरोस्। यति पनि गर्न सकेन भने मन्त्रीहरुले सामूहिक राजनीनामा दिए हुन्छ।’
बजेट छुट्याएको छ। संसदले पास गरेको छ। अनि त्यसपछि चैत महिनामा अख्तियारी, फागुनमा अख्तियारी। किन तलब खाएर बसेकोरु मन्त्रीले यो कुरा विचार गरुन्,’ विडारीले भने।
राष्ट्रियसभाबाट जति सुझाव दिए पनि बजेटमा कुनै परिवर्तन नहुने कुराको विरोध गर्दै उनले बजेट संशोधन गर्दैमा सरकार तलमाथि नहुने टिप्पणी गरे। बेलायत र अमेरिका लगायतका देशमा पनि बजेट संशोधन हुने गरेको उल्लेख गर्दै उनले सबैतिरबाट आएका सुझावहरुलाई आत्मसात गरी बजेट संशोधन गर्नुपर्ने उनले बताए।








