भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै



काठमाडौं । विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ ।

भारतमा बितेको २४ घण्टामा २ हजार ६ जनाले ज्यान गुमाएका छन् भने ११ हजार १ सय बढी नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् जुलाई १६ तारिखमा मात्रै भारतमा ३१५ जनाले कोरोनाको कारणको कारण ज्यान गुमाएका थिए भने हिजोको तुलनामा यो संख्या १७ सयले ले बढेको छ । अहिले भारत विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको चौथो स्थानमा पर्न जान्छ ।

अहिलेसम्म भारतमा ३ लाख ५४ हजार भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण ११ हजार ९ सय २१ जनाको मृत्यु भइसकेको छ । १ लाख ८७ हजार उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : असार ३, २०७७ बुधबार  २ : ०२ बजे