नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल बुधबार दार्चुलातर्फ प्रस्थान गरेका छन् ।
उनिहरुले सेनाले खडा गरेको अस्थायी क्याम्प र छाङ्रुमा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्ने छन ।
नेपाली सेनाका प्रधानसेनापति पहिलोपटक कालापानी क्षेत्र पुग्न लागेका हुन् । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरी नयाँ नक्शा जारी गरेपछि उक्त क्षेत्र नजिकै सेनापति सशस्त्र प्रहरीका आइजीपी खनालसहित सुरक्षा अधिकृतहरुसँग पुग्दैछन् ।
काठमाडौंबाट प्रस्थान गरेका दुवै सुरक्षा निकायका प्रमुखहरु केही बेरमा छाँगरु पुग्नेछन् । उनीहरु सैनिक विमानबाट धनगढी पुगी हेलिकोप्टर चढेर छाँगरु पुग्ने योजना बनेको बुझिएको छ । त्यहाँ सेनाको अस्थायी बेसक्याम्पस र सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट रहेको छ । छाँगरु पुग्ने बाटो बनिरहेकाले त्यसको समेत निरीक्षण गर्नेछन् ।
अहिले छाङरुमा सशस्त्र प्रहरी भाडाको घरमा बसिरहेको छ भने स्थायी संरचना पनि बनाउने तयारी छ । सेनाले छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक बनाउँदैछ ।








