५८६ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ७१७७



नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ५ सय ८६ पुगेको छ । योसँगै कुल संक्रमित संख्या ७ हजार एक सय ७७ पुगेको छ । यो अहिलेसम्मकै एकै दिन उच्च वृद्धि संख्या हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले संक्रमित संख्या बारे जानकारी दिएका हुन् । उनले दैनिक संक्रमित संख्या वृद्धि भइरहेकाले सचेत हुन भनेका छन् ।

यसअघि हिजो कुल संक्रमित संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।हालसम्म ७३ जिल्लामा संक्रमित पत्ता लागेका छन् । निको भएका संक्रमितको संख्या एक हजार नाघेको छ ।हालसम्म कोरोनाबाट मुत्यु हुनेको संख्या २० जना पुगेको छ । जसमध्ये १६ पुरुष र ४ महिला छन् ।

प्रकाशित मिति : असार ३, २०७७ बुधबार  १ : २५ बजे