लद्दाखमा भारतिय सेनाले बढायो सैनिक गतिबिधी



१५ जूनमा भारत र चिन बिच सिमानामा दुइ देशका सेना बिच भएको घटनामा परी २० भारतिय सैनिक मारिएको घटना पछी भारतले चिनसग जोडिएको सिमानामा सैनिक गतिबिधी बढाएको छ । घटना भएको क्षेत्र सहित चिनसग सिमा जोडिएको बाकी क्षेत्रमा पनि भारतले सैनिक गतिबिधी बढाएको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

लद्दाखबाट पीस स्टेशन फर्किने तयारिमा रहेका सैनिक यूनिट्सहरुलाई पनि लद्दाखमै रोकिएको बताइएको छ । सेनाले लद्दाख आसपासका इलाकामा तैनाथ रहेका सैनिक उनिट्सलाई तैयारी हालतमा रहना आदेश दिएको छ ।त्यसैगरी श्रीनगर-लेह हाईवे आम सर्बसाधाराणहरुको लागी बन्द गरिएको पनि भारतिय मिडिया रेपोर्टमा उल्लेख गरिएको छ ।लद्दाखसग सीमा जोडिएका गाउहरु खाली गराउने तयारी समेत शुरु भएको बताइएको छ ।

चीन र भारतको सीमा क्षेत्र लद्दाखमा सोमबार राति भएको द्वीपक्षीय भिडन्तमा २० भारतिय सैनिकहाँरु मारिएका थिए ।चिनिया सैनिक तर्फको क्षति भने खुल्न सकेको छैन ।भारतीय सेनाले आफ्नो तर्फ अहिलेसम्म २० जना सैनिकको निधन भएको र अझै केही बेपत्ता रहेको बताएको छ ।

सोमबार राति भएको झडपमा २० भारतीय सेनाको मृत्यु भएको ४५ वर्षपछिकै भारत-चीनबीचको ठूलो हिंसात्मक घटना हो ।यसैबिच भारत-चीनबीच तनाव बढिरहेका बेला भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग टेलिफोन संवाद गरेका छन् ।

टेलिफोन संवादका क्रममा चिनियाँ विदेश मन्त्री वाङले भारतीय सैनिक सीमा नाँघेर चीनतर्फ आई भिडन्तका लागि उक्साएको दाबी गर्दै ती सैनिकलाई कारबाही गर्न माग गरेका थिए । विवादलाई न्यायोचितरुपमा सुल्झाउन र जतिसक्दो छिटो तनाव कम गर्न दुवै पक्ष सहमत भएको भारतीय समाार एजेन्सी एएनआईले जनाएको छ ।

प्रकाशित मिति : असार ३, २०७७ बुधबार  १ : ५७ बजे