सत्तारुढ नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच शुक्रबार हुने संयुक्त अन्तक्र्रिया कार्यक्रममा नेकपा नेताहरुलाई चिनियाँ कम्युनिस्ट पार्टीले प्रशिक्षण दिने भएको छ । । जुममार्फत हुने अन्तक्र्रियामा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपा गरी करिब सयजना सहभागी रहने नेकपा स्कुल विभागले जानकारी दिएको छ ।
अन्तक्र्रियामा चिनियाँ कम्युनिस्ट पार्टीले तिब्बती विकासको मोडालिटीबारे प्रशिक्षित गर्ने नेकपा स्कुल विभागका उपप्रमुख वेदुराम भुसालले जानकारी दिए । नेकपा अध्यक्ष पुष्पकमल दाहाल मुख्यवक्ता रहेको र चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग प्रमुख सोङ थाओले प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ ।
पार्टी र देशलाई सत्ता परिचालन गर्ने अनुभव आदान प्रदान गर्न चीन र नेपालका सत्तारुढ पार्टीका उच्च पदाधिकारीबीच गोष्ठी हुन लागेको बताइएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग आयोजक छ भने नेकपा स्कुल विभाग सह–आयोजक रहेको कार्यक्रममा चिनियाँ कम्युनिस्ट पर्टीले तिब्बती विकासको मोडालिटी समेटिएको वृत्तचित्र देखाउने तयारी रहेको बुझिएको छ ।
पछिल्लो समय दक्षिण एसियाली क्षेत्रमा तनाब बढी रहेको र नेपाल्, भारत र चिन बिचको सम्बन्धलाई समेत सन्तुलित रुपमा अघी बढाउने पर्ने समयमा सत्तारुढ नेकपा र चिनिया कम्युनिष्ट पार्टिको निकटतालाई निकै चासो र अर्थपुर्ण रुपमा हेरिएको छ ।








