मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सञ्जाल ट्विटरलाई इन्स्टाग्रामले उछिन्दै



सामाजिक सञ्जाल ट्विटरभन्दा इन्स्टाग्राम अगाडि हुन लागेको एक अध्ययनले देखाएको छ।

रोयटर्स इन्स्टिच्युट डिजिटल न्युज रिपोर्ट सन् २०२० ले सन् २०१८ यता समाचारका लागि इन्स्टाग्राम प्रयोग गर्ने मानिस दोब्बरले बढेको देखाएको हो।

अध्ययनअनुसार बेलायतका १८–२४ वर्षका झन्डै एकचौथाइ व्यक्तिले कोरोना भाइरसबारे सूचना प्राप्त गर्न इन्स्टाग्राम प्रयोग गर्ने गरेकाे पाइएको छ। साथै सामाजिक सञ्जाललाई सबैभन्दा कम विश्वसनीय समाचार स्रोत मान्ने गरिएको पनि अध्ययनले देखाएको छ।

सर्वेक्षेणमा सहभागी २६ प्रतिशत व्यक्तिले मात्रै सामाजिक सञ्जालमा प्रकाशित कोरोनासम्बन्धी समाचारमा विश्वास लागेको बताएका छन्। फेसबुक म्यासेन्जर र अरू च्याटका लागि प्रयोग हुने एपको अवस्था पनि यस्तै पाइएको छ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ६ : २८ बजे