नेपाली कांग्रेसले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभा बहिष्कार गरेको छ ।
गरसभा बहिष्कार गर्दै कांग्रेस नेतकार्यकर्ताहरुले नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
यसअघि राखेका माग पूरा नभएको भन्दै कांग्रेसले प्रदर्शन गरेको हो।
वडा नम्बर २, ४ र ७ मा कांग्रेसले वडाध्यक्ष जितेको छ ।
कांग्रेसले यसअघि मेयरसमक्ष राखेको २७ बुँदे माग पुरा नभएकोले नगर परिषद बहिष्का गरिएको वडा नम्बर ४ का अध्यक्ष भाइकाजी अधिकारीले बताए ।








