शैक्षिक संस्था बन्द रहेको अवधिको शुल्क नतिर्न नेविसंघले अभिभावकहरुलाई आह्वान गरेको छ ।
संघका अध्यक्ष राजिब ढुङ्गानाले सोमबार प्रेस विज्ञप्ति जारी गरेर अभिभावकहरुलाई शैक्षिक संस्था नखुलुञ्जेलको अवधि भरको कुनै पनि प्रकारको शुल्क नतिर्न आह्वान गरेका हुन ।
शिक्षा मन्त्रालयले वैशाख २२ गते अर्को निर्णय नभएसम्म शैक्षिक संस्थाहरुलाई कुनै पनि तहको नयााँ भर्ना नगर्न निर्देशन दिए पनि निजी तथा आवासीय विद्यालयहरुका छाता संगठनले लकडाउन अबधिको पनि शुल्क लिने घोषाणा गरेपछी नेविसंघले अभिभावकसँग शुल्क नतिर्न आह्वान गरेको हो ।
कुनै पनि विद्यालयले कुनै पनि तह वा कक्षामा नयाँ भर्ना नगर्नु, नगराउनु र भर्नाका नाममा वा अनलाइन पठन पाठनबका नाममा कुनै पनि शुल्क लिने वा बैंक खातामा रकम जम्म गर्न लाउने कार्य नगर्नु भनेर सरकारले प्रष्ट निर्देशन गरेको अवस्थामा प्याब्सन र एन प्याब्सनले शुल्क लिना खोजेकोप्रती नेविसंघले आपत्ति जनाएको छ ।









