नेकपा स्थायी समिति बैठक भोली बस्दै, एमसिसी बिबाद चर्किने सम्भाबना



२०७७ असार,९ काठ्माण्डौ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । उनका अनुसार बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन ।

यसअघि गत वैशाख ३१ गते पार्टी केन्द्रीय मुख्यालय धूम्रबाराहीमा बस्ने भनिएको बैठक स्थायी कमिटी सदस्यको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको थियो ।  बैठकमा सरकारको कामको समीक्षा, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी), बजेट र कोभिड–१९ का बारेमा बैठकमा छलफल हुने स्थायी कमिटी सदस्य देवन्द्र पौडेलले बताए ।

नेकपामा ४६ जनाको स्थायी समिति छ । कमिटीका चौथाई सदस्यहरुले लिखित माग गरेमा केन्द्रीय कमिटिको एक महिना र अरु कमिटीको १५ दिनभित्र बैठक आहृवान गनुपर्ने नेकपाको बिधानमा व्यवस्था छ । गत वैशाख १० गते स्थायी समितिका २० जना सदस्यले लिखित माग गरे पनि बैठक हुन सकेको छैन ।पटक पटक बोलाईएको बैठक प्रधानमन्त्री ओलिले स्थगित गर्दै आएका छन ।प्रधानमन्त्री ओलिले आफ्नो अनुकुलतामा मात्र बैठक राख्न खोज्दा पार्टिमा एकाधिकार बढेको नेकपाका नेताहरुले आरोप लगाइरहेका छन ।  नेकपाभित्र बढेको बिबादका कारण स्थायी समिती बैठक पटक पटक सर्दै आएको छ ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को बारेमा सत्तारुढ नेकपा भित्र चर्को बिबाद जारी छ । एमसिसी पास गराउने पक्षमा रहेका प्रधानमन्त्री ओलिले एमसिसी पास गाराउन पार्टी भित्रका नेताहरुलाई सहमत गाराउने प्रयास गरिरहेका छन ।भोलिको बैठकमा पनि प्रधानमन्त्री ओलिले एमसिसी पास गराउन नेताहरुलाई सहमत गराउने प्रयास गर्ने नेकपाका एक नेताले जानकारी दिए ।

नेकपाभित्रका असन्तुष्ट नेताहरुले एमसिसी पारित हुन नदिएर ओलि सत्तालाई अफ्ठेरो पार्ने रणनिती लिएका छन ।नेकपा भित्रको एमसिसी बिबाद एमसिसीका कारण भन्दा पनि ओलि सत्ताको बिरुद्दमा लक्षित रहेको नेकपाका एक नेताले बताए ।प्रधानमन्त्री ओलिले पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्य एक पद छोड्नुपर्ने नेकपाभित्रका अशन्तुष्ट नेताहरुको माग छ ।उक्त मागमा प्रधानमन्त्री ओलि सहमत नभए सम्म नेकपा भित्रको बिबाद नसुल्झिने ति नेताले बताए ।

प्रधानमन्त्री ओलिले आफ्नो नेत्तृत्वको सरकारले भारतले अतिक्रमित गरेको भूमी समेटेर नयाँ नक्सा जारी गरेको जस लिएर सरकारसगको असन्तुष्टी , भ्रष्टाचार काण्ड, कोरोना नियन्त्रण र ब्यबस्थापनमा असफलता जस्ता उनको बिरोधका मुद्दालाई कमजोर बनाउने रणनिती लिएको नेकपा श्रोतले बतायो ।

प्रकाशित मिति : असार ९, २०७७ मंगलबार  ७ : ४९ बजे