जीवन शर्मा,ओखलढुंगा ,९ असार
नेपाली कांग्रेस ओखलढुंगाले जिल्लाका सबै स्थानीय तहलाई आफ्नो अवधारणा पत्र पेश गरेको छ । स्थानीय तहको आगामी बर्षको निति कार्यक्रम तथा बजेट निर्माणमा सहयोग पुर्याउने उद्देश्यले बजेट तथा कार्यक्रम सम्बन्धि पार्टीको आफ्नो अवधारणा पत्र पेश गरेको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस र त्यसका कारण आउन सक्ने जोखिम न्यूनिकरण, लकडाउनका कारण श्रमिक तथा कृषि क्षेत्रमा परेको प्रभाव लाई मध्यनजर गर्दै कांग्रेसले स्थानीय तहको बजेट सम्बन्धि अवधारणा पत्र तयार गरेको थियो । उक्त अवधारणा पत्र जिल्लाका आठ वटै स्थानीय तहलाई हस्तान्तरण गरिएको नेपाली कांग्रेस जिल्ला उपसभापति तेजेन्द्र खनालले जानकारी दिए ।
असार १० गते बाट हुँने गाउ तथा नगरसभामा पेश गर्ने आर्थिक बर्ष २०७७÷०७८ को निति कार्यक्रम र बजेटमा समेट्नु पर्ने विषयबस्तुलाई सुझवका रुपमा सबै स्थानीय तहलाई उपलब्ध गराइएको खनालको भनाइ छ । आज सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठलाई कांग्रेसले आफ्नो अवधारण पत्र बुझाउदै निति कार्यक्रममा समावेश गर्न अनुरोध गरेको छ ।
कांग्रेसले आफ्नो अवधारण पत्रमा कृषिमा आधुनिकीकरण उत्पादन बृद्धि र रोजगारीको सृजना, प्रभावकारी आधारभूत स्वास्थ्य, प्रविधिमैत्री विद्यालय शिक्षा, राहत तथा रोजगा, विपद् व्यवस्थापन, तथ्यांक संकलन र विविध गरी सात वटा विषयबस्तुलाई स्थानीय तहले आगामी कार्यक्रममा समेट्न पर्ने बताएको छ । कांग्रेसले पेश गरेको अवधारणपत्र बुझ्दै सिद्धिचरण नगरपािलकाका मेयर मोहन कुमार श्रेष्ठले उक्त अवधारणा पत्रले नगरको विकास, समृद्धि र कोभिड १९ को सर्तकर्ता पूर्वतयारीमा सहयोग पुग्ने भन्दै प्रशंसा व्यक्त गरे ।
ओखलढुंगामा एक नगरपालिका ७ वटा गाउपालिकाले असार १० मा आगामी आवको निति कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै छन् । जिल्ला उपसभापति तेजेन्द्र खनालको नेतृत्वमा गरिएको अवधारण बुझाउने कार्यक्रममा महासमिति सदस्य कुमार लुइटेल, नगर सभापति गोविन्द बानिया, दलितसंघ सभापति होम बहादुर घतानी,पुरुषेत्तम लुइटेल लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।








