नेकपा स्थायी कमिटी शुक्रबार पुनः बस्ने



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको आजदेखि शुरु भएको बैठक शुक्रबार पुनः बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको बैठकमा वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धारणा राखेका थिए ।

बैठकमा बोल्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले पत्रपत्रिकामा सरकारको भ्रष्टाचार, अनियमितता, घूसखोरीमात्रै समाचार बनेको भन्दै कमीकमजोरी नसच्याए पार्टी र कम्युनिस्ट आन्दोलन समाप्तीको दिशामा जाने बताएका थिए ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयले सरकार, पार्टी र समग्र स्थिति तथा वर्तमान चुनौती र अवसरबारे विचार व्यक्त गर्नुभएको जानकारी दिए ।

नेकपा केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाका अनुसार कोभिड –१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी काम, अमेरिकी मिलेनियम कर्पोरेशन सहायता (एमसिसी) र विविध कार्यसूची बैठकले अनुमोदन गरेको छ ।

प्रकाशित मिति : असार १०, २०७७ बुधबार  १० : ४६ बजे