पछिल्लो २४ घण्टामा ६ सय २९ जना संक्रमित थपिए



नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६ सय २९ जना संक्रमित थपिएका छन् । आज कुल संक्रमित संख्या १० हजार ७ सय २८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमले आज थपिएका संक्रमितमध्ये पुरुष ५ सय १९ र महिला एक सय १० छन् ।

यसरी कुल संक्रमितमध्ये एक हजार ९४ महिला र ९ हजार ६ सय ३४ पुरुष छन् । हालसम्म संक्रमितमध्ये २४ जनाको मृत्यु भइसकेको छ । रसुवाबाहेक देशको ७६ जिल्लामा संक्रमित पत्ता लागेका छन् ।

प्रकाशित मिति : असार १०, २०७७ बुधबार  ११ : २० बजे