सोलुखुम्बुको खुम्बु पासाङलह्मु गाउपालिकाका स्वास्थ्य संस्थाहरुलाई नेपाली कांग्रेसले स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको छ ।
आज काठ्माण्डौमा आयोजित भेटघाट तथा अन्तर्क्रीया कार्यक्रमका बिच नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले उक्त स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन ।पार्टिका गाउपालिका नेताहरु मार्फत खुम्बु पासाङ लह्मु गाउपालिकामा पुर्याइने गरी थर्मल गन्,सर्जिकल मास्क्, सेनिटाइजर र पिपिइ उपलब्ध गराइएको हो ।
उक्त भेटघाट तथा अन्तर्क्रीया कार्यक्रममा बोल्दै कांग्रेस सोलुखुम्बुका नेता कार्कीले जिल्लामा पार्टी एकजुट हुनुपर्ने अहिलेको पहिलो आवाश्यकता भएको बताए ।पार्टी प्रतिपक्षमा रहेको र देशमा कम्युनिष्टहरुको बर्चस्व बढीरहेको बेला कांग्रेस एकताबद्द भएर जनताको बिचमा जानुको बिकल्प नभएकोमा कार्किले जोड दिए ।

पार्टी एकताबद्द भए मात्रै अहिले देखिएका चुनौतिहरुको सामना गर्न सकिने भन्दै उनले पार्टी एकताबद्द र बलियो बनाउन सबैले प्रयास गर्नुपर्ने उल्लेख गरे ।जिल्लाका अन्य गाउपालिकाहरुलाई यस अघीनै स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइसकिएको बताउदै नेता कार्किले आवश्यकताका आधारमा थप सहयोग गर्दै जाने समेत प्रतिबद्दता ब्यक्त गरे ।
कार्यक्रममा आफ्नो धारणा राख्दै कांग्रेस सोलुखुम्बुका नेता एबम बेल्जियमका लागी नेपाली बाणिज्यदुत आङ छिरिङ शेर्पाले पार्टी एकताबद्द बनाउन आफुले लामो समय प्रयास गर्दा पनि सफल हुन नसकेको धारणा राखे । उनले कोरोना नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भइसकेको बताउदै कोरोनाको जोखिमबाट बच्न सबैजना आफै सचेत हुनुपर्नेमा जोड दिए ।
सोलुखुम्बु कांग्रेसका नेताहरु रामबहादुर बस्नेत, हुत्तराज बस्नेत, चोङ्बा शेर्पा लगायतले कार्यक्रममा आ- आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा कांग्रेस सोलुखुम्बुका नेताहरु राजन बस्नेत,डोल्मा तामाङ, फुनुरु शेर्पा, समाजसेवी एबम लायन्स क्लब काठ्माण्डौ क्यापिटल अध्यक्ष मन्दिरा बस्नेत कार्की, बिधार्थी नेता गिता गुरुङ, खुम्बुपासाङ ल्हमु गाउपालिकाका अध्यक्ष बम्बे नेपाली लगायतको उपस्थिती रहेको थियो ।








