सलह नेपाल भित्रियो



हाल दक्षिण एसियामा फैलिरहेको वनस्पति नाशक किरा ‘सलह’ प्रदेश २ को सर्लाही हुँदै नेपालमा समेत प्रवेश गरेको छ । सर्लाहीमा करिब एक लाखको संख्यामा देखिएको किरा सलह नै भएको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले पुष्टी गरेका छन् ।

तेस्तै बाराकाे निजगढ र सर्लाहीको नवलपुरमा सलह किरा भेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको मन्त्रालयका प्रवक्ता सहसचिव डा । हरिबहादुर केसीले जानकारी दिए ।

सलहले छिमेकी भारतमा थुप्रै बालिनाली नष्ट गरी सकेको छ ।नेपालमा भने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले  मरुभूमि सलहबारे अध्ययन गर्न गठन गरेको विशेष कार्यदलले यो वर्ष सलह किरा नआउने निचोडसहितको प्रतिवेदन दिएको थियो ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रम (एफएओ) ले गरेको अध्ययनमा पनि दक्षिण एसियामा देखिएको सलह नेपाल प्रवेश हुने सम्भावना अत्यन्तै कम भएको विवरण बुझाइएको थियो ।

त्यसका बाबजुत पनि नेपालामा सलहा भित्रीएको छ ।सर्लाहीमा हजारौंको संख्यामा देखिएको नौलो किरा सलह नै भएको बताइएको छ ।सलह किरा नेपाल प्रवेश गरेको नाका र संख्या पत्ता लगाउन प्रादेशिक कृषि निर्देशनालयका निर्देशक रतनकुमार झाको नेतृत्वमा कृषि वैज्ञानिकहरुको टोली परिचालन गरिएको पनि बताइएको छ ।

प्रकाशित मिति : असार १३, २०७७ शनिबार  १० : ५२ बजे