१३ असार, काठमाडौं
पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमका अनुसार आज थपिएकामा १२० महिला र ४३४ पुरुष छन् ।
उनका अनुसार हालसम्म कुल १० हजार ९ सय ४० पुरुष र १३ सय ७० महिला संक्रमित भएका छन् ।
मन्त्रालयकाअनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।








