कांग्रेसको पदाधिकारी बैठक बस्दै : तोकिएकै मितिमा १४ औँ महाधिबेशन गर्नेगरी छलफल हुने



१४ असार आइतबार

नेपाली कांग्रेसको पदाधिकारी बैठक(आज) आइतबार बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने बताइएको छ ।

कोरोना संक्रमणका कारण पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले कार्यतालिकाबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको कांग्रेसले जनाएको छ ।

पदाधिकारी बैठकमा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने बारेमा पनि छलफल हुने बताइएको छ ।

२०७७ फागुन ७ गतेका लागि निर्धारण गरिएको महाधिवेशनको मितिमै महाधिबेशन गर्नेगरी कार्यतालिका हेरफेर गरिने सम्भाबना रहेको कांग्रेसका एक नेताले बताए ।

यस्तो थियो कांग्रेस १४ औँ महाधिवेशनको कार्यतालिकाः

पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि– २०७६ माघ मसान्तभित्र।

विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि – २०७६ फाल्गुण देखि २०७६ चैत्र मसान्तसम्म ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि – २०७७ वैशाख मसान्तभित्र ।

नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि –२०७७ जेष्ठ १५ गतेभित्र ।

उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ जेष्ठ मसान्तभित्र ।

क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी÷पुनरावेदन दिइसक्नु पर्ने अवधि –२०७७ असार १५ गतेभित्र ।

उजुरीरपुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ श्रावण १५ गतेभित्र ।

नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि –२०७७ श्रावण २५ गतेभित्र ।

केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि –२०७७ श्रावण मसान्तभित्र ।

अधिवेशन

गाउँरनगर वडा अधिवेशन– २०७७ कात्र्तिक १६ गते

गाउँरनगरपालिका अधिवेशन– २०७७ कात्र्तिक १८ गते

प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ कात्र्तिक २१ गते

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ कात्र्तिक २३ गते

एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन –२०७७ कात्र्तिक २५ गते

प्रदेश अधिवेशन– २०७७ मंसिर २९ गते

केन्द्रीय महाधिवेशन २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौंमा।

प्रकाशित मिति : असार १४, २०७७ आइतबार  ५ : ०३ बजे