ललितपुरको स्टार अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । ललितपुरमा एक कोरोना संक्रमित मृत्यु भएको छ ।

ललितपुरको स्टार अस्पतालमा उपचाररत् रौतहटका २९ वर्षीय पुरुषको मृत्यु गएराति भएको हो ।

कोरोना भाइरस (कोभिड–१९) परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनी दमका रोगी भएको बताइएको छ ।

प्रकाशित मिति : असार १५, २०७७ सोमबार  ५ : ५८ बजे