काठमाडौं । ललितपुरमा एक कोरोना संक्रमित मृत्यु भएको छ ।
ललितपुरको स्टार अस्पतालमा उपचाररत् रौतहटका २९ वर्षीय पुरुषको मृत्यु गएराति भएको हो ।
कोरोना भाइरस (कोभिड–१९) परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालयले जनाएको छ ।
उनी दमका रोगी भएको बताइएको छ ।








