मंगलबार यी प्रदेशमा भारी बर्षाको सम्भावना



काठमाडौं । मौसम पुर्वानुमान महाशाखाले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु (पश्चिम–दक्षिण–पश्चिम दिशाबाट बहेको) तथा अन्य प्रदेशहरुमा मनसुनी वायु (पूर्वी दिशाबाट बहेको) को प्रभाव रहेको छ भने यसका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ ।

महाशाखाले मंगलबारको पूर्वानुमान जारी गर्दैहाल देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा भइरहेको समेत जानकारी दिएको छ ।

यस्तै, महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार मंगलबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भने, प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यता, प्रदेश १, बाग्मती प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : असार १६, २०७७ मंगलबार  ३ : १७ बजे