जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा . बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई हटाउन षड्यन्त्र गरेको छ भनेर दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै नेपालका लागि भारतीय राजदूतलाई किन स्पष्टीकरण नसोधेको भनेर प्रश्न तेर्साएका छन् ।
आज (मंगलबार) नागरिकता विद्येयकको विरोधमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री ओलीसमक्ष यस्तो प्रश्न गरेका हुन् ।कहिले पार्टी फुटाउने विधेयक ल्याएको त कहिले हाच्छ्युं गरेर कोरोना उडाइदिनुपर्छ भनेर जग हसाएका प्रधानमन्त्रीले अहिले आफूलाई हटाउन कुनै देशको राजदूतले षड्यन्त्र गरेको बताएको उनले बताए ।
उनले भने,‘प्रधानमन्त्रीजी कुनै देशको राजदूतले मलाई षड्यन्त्र गरिरहेको छ भन्नुहुन्छ। त्यसो हो भने उहाँ के हेरेर बस्नु भएको छ ? राजदूतलाई बोलाएर किन स्पष्टिकरण लिनु हुन्न ? राजदूतलाई तुरून्त देश निकाला किन गर्नु हुन्न ?








