नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको प्रेस मिटमा बताइए अनुसार अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ ।
कुल कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।
हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि तीन हजार १९४ जना डिस्चार्ज भएका छन्ज,समा २७७ महिला दुई हजार ९१७ पुरुष रहेका छन् ।
तेस्तै हालसम्म २९ जना कोरोना संक्रमितबाट मृत्यु भएकामा २३ पुरुष र ६ महिला छन् ।










